बुटवलको नगरप्रमुख र उपप्रमुखलाई गाडी देखि फर्निचर खरीद गरीदै

Posted on: May 18, 2017 | views: 91

बुटवल ।

बैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भइरहदा जेठ ३१ गते निर्वाचन हुने स्थानिय तहमा अहिलेजनप्रतिनिधिका लागि आवश्यक कार्यालय, यातायात, फर्निचर देखि कर्मचारी व्यवस्थापन समेतको काम सुरु भएको छ ।

पहिलो चरणको निर्वाचन नै हुने होकि होइन भन्नेआशंकाले केहीदिन सुस्ताएका स्थानिय तहका कर्मचारीहरु अहिलेभनेधमाधम भवन निर्माण, भाडाको भवन खोजी, नया गाडी खरिद, पुरानो गाडी मर्मत, कार्यालय रंगरोगन र सजावटका कामहरु गर्न ठेक्का दिनेदेखि दैनिक ज्यालादारीमा कामदार खोज्न व्यस्त छन ।

रुपन्देहीका एउटा उप महानगरपालिका र ५ नगरपालिकामा मेयर र उपमेयरका लागि गाडी र कार्यकक्षको वयवस्था गरीदै छ ।

बुटवल उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखको कार्यकक्ष बनाउन अहिले पहिलाको अतिथि गृहको मर्मत संभार गरीदै।

उपमहानगरपालिकामा पुराना गाडी भएपनि नगरप्रमुख र उपप्रमुखका लागि नया २ वटा गाडी किन्नेयोजना बनाइएको छ । २ वटा पुराना गाडी भएकोउपमहानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत  भएकालेडेढ करोड रुपैयासम्ममा २ वटा गाडी किन्ने तयारी भएको बरिष्ठ अधिकृत हरि प्रसाद आर्चायले बताउनु भयो । 

आफनो भवन नै नभएको तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि व्यवस्थापनका लागि अहिले नया कार्यालय भवन खोजि रहेको लेखा अधिकृत राजेन्द्र आचार्यले बताउनु भयो । जनप्रतिनिधि चढन नगरपालिकामा अहिले एउटा गाडी रहेकाले थप एउटा गाडी खरिद गर्न एक दुई दिनमा नैटेण्डरका लागि सुचना प्रकाशित गर्नेपनि उहाले जानकारी दिनुभयो । 

देवदह नगरपालिकामा अहिले वडा कार्यालयको व्यवस्थापन भइरहेको छ । नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपाललेवडा कार्यालय व्यवस्थापन गरेपछी नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि अहिलेकै कार्यालयमा कार्यकक्षको व्यवस्थापन गर्ने सोच बनाएको बताउनु भयो। 

नगरपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको सैनामैनामा भने त्यही भवन छिटो पुरा गरेर कार्यालय व्यवस्थापन गर्ने तयारी छ । कार्यकारी अधिकृत शशिधर घिमिरेले अहिले कार्यालय रहेको भवन साघुरो रहेकाले नया भवन खोज्नु भन्दा बनिरहेको भवनलाई छिटो पुरा गरेर नगर प्रमुख उपप्रमुखलाई कार्यकक्ष सहित स्वागत गर्नेयोजना रहेको बताउनु भयो ।

सिद्धाथनगर्रनगरपालिकामा पनि नया आउने जनप्रतिनिधिका लागि कार्यकक्ष व्यवस्थापन, फर्निचर तथा साजसज्जाको काम सुरु हुदै छ ।

अहिलेकै भवनमा प्रमुख तथा उपप्रमुखको कार्यकक्ष रहने भएकाले त्यही काममा कर्मचारी नलागेपनि वडा कार्यालयको व्यवस्थापन गर्दै अन्य काम सुरु गर्ने नगरपालिकाका योजना प्रमुख इञ्जिनियर यमलाल पाण्डेले बताउनु भयो ।

आफनो भवन नरहेको लुम्विनी सस्कृतिक नगरपालिकाले जनप्रतिनिधि व्यवस्थापन र कार्यालय सञ्चालनका लागि नै लुम्विनी बिकास कोषसंग भवन माग गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत यम बहादु कुवरले नगरपालिकाको अहिलेको. कार्यालय साघुरो भएको र नया कार्यालय खोज्दा पनि उपयुक्त ठाउमा नपाएकाले कोषको खाली हुन लागेको प्रशासकीय भवन पत्राचार गरी माग गरेको जानकारी दिनुभयो । नगरपालिकाले पत्राचार गरेपनि कोषले कुनै जवाफ दिएको छै न ।

सर्बदलिय बैठकमा छलफल गर्दा कार्यालय कहा सार्नेसहमति गर्न गाहो भएकाले कोषसंग आग्रह गरेको उल्लेख गर्दै कुवरले कोषबाट प्राप्त नभए जनप्रतिनिधि आएपछी नै नया भवन खोजिनेबताउनु भयो।