कमलामाई नगरपालिकामा कांग्रेसको अग्रता

Posted on: May 15, 2017 | views: 276

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालीकामा अहिले सम्म १२ सय मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेस आगाडी रहेको छ ।

वडा नम्वर १ र २ मा नेपाली कांग्रेस मेयर पदका उम्मेदवार उपेन्द्र पोख्रेलले ८५१, उपमेयरका उमेद्धवार शुसिला थिङले ९५३, नेकपा एमालेका मेयर पदका उम्मेदवार खड्ग खत्रीले ४८९, उपमेयर पदका उम्मेदवार मञ्जु देवकोटाले ४४८ र माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार सावित्रा पाण्डेले ५९०, उपमेयर सावित्रा श्रेष्ठले ५६२ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टाइले जानकारी दिनुभयो । मतगणना अहिले पनि जारी रहको निर्वाचन अधिकृत भट्टाराइले जानकारी दिनुभयो ।

त्यस्तै दुधौली नगरपालिका ढिलो मतगणना सुरु भएकाले अहिले ३ सय ५० मात्रै गणना भएको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिनुभयो । अहिलेसम्म नेकपा एमाले अग्रस्थानमा रहेको खतिवडाले बताउनुभयो ।