पर्वत ।
स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा पर्बतमा ७० प्रतिशत मत खसेको छ ।
जिल्लाका ७ स्थानीय तहहरुमा औसतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्बतले जनाएको छ ।
पर्बतका ७ वटै स्थानीय तहहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्राईले जानकारी दिनुभयो ।
अहिले मतपेटीका संकलन भइरहेको र भोलि विहान मतगणना सुरु गर्ने उहाले बताउनुभयो ।
पर्वतका सातवटै स्थानिय तहमा विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।
सबै मतदान स्थलमा एकैसाथ शुरु भएको मतदान सबै ठाउँमा साँझ ५ बजे सम्पन्न भएको छ ।
१ सय २९ मतदान स्थल रहेको पर्बतमा ७४ मतदान केन्द्र छन् । ९९ हजार २ सय ४३ मतदाता रहेको पर्बतमा १६ दलका १ हजार ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । स्थानिय तहको निर्बाचनको लागि पर्बतमा
८० हजार ६ सय ४५ जनाले मतदाता परिचय पत्र लिएका थिए ।