कञ्चनपुर ।
स्थानीय तहको निर्वाचनको विरोध गर्दै विप्लव माओवादीले गरेको नेपाल वन्दको कञ्चनपुरमा न्युन प्रभाव परेको छ ।
जर्वजस्त गरिएको वन्दका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन न्युन मात्रामा चलेका छन् ।
तर जिल्लाको भित्रि सडकमा चल्ने छोटो दुरीका र मालवाहक सवारी साधनहरु भने नियमीत झैं चलेका छन् ।
महेन्द्रनगर वजार खुला नै रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षा व्यवस्थामा कडाई गरिएका कारण वन्दको आंशिक प्रभाव मात्रै परेको जनाएको छ ।