लहान ।
विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले हुकिङ गरी विद्युत् चुहावट गर्ने ७ जनालाई आज नियन्त्रणमा लिएको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत आज प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे प्रमुख यादवले बताउनुभयो ।