काठमाडौं ।
नेकपा एमालेका सांसद केशव बडाललाई हृदयघात भएको छ ।
पूर्वमन्त्री समेत रहेका एमाले केन्द्रीय सल्लाहकार परिषदका सभापति बडाललाई घरमै हृदयघात भएपछि चाबहिलको हेल्पिङ हृयाण्ड अस्पतालमा उपचार गराइएको छ ।
हाल उनी खतरामुक्त रहेको र शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताइएको छ ।