बिराटनगर ।
पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागी पुर्वी नेपालवाट एक हजार सात सय सुरक्षाकर्मी मद्धतका लागि परिचालन गरिएको छ ।
वैशाख ३१ गते हुन लागेकमा स्थानिय तहको निर्वाचन सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरी र शशसत्र प्रहरीका गरी १ हजार सात सय जनशतिm पुर्ववाट थप गरिएको हो ।
दुवै सुरक्षा निकायका सिनियर अफिसरदेखि जवनसम्मका रहेका छन ।
केन्द्रिय सुरक्षा समितिको माग अनुसार निर्वाचन सुरक्षा प्रयोजनका लागि शशस्त्र प्रहरीका १ हजार एव नेपाल प्रहरीका सात सय जनशतिm पहिलो चरणमा हुने निर्वाचन सुरक्षा प्रयोजनका लागि पुर्ववाट थप मद्धत त्यसतर्फ पठाइएको हो ।
शशसत्र प्रहरीको पुर्वी मुख्यालका शशस्त्र प्रहरी नायव महानिरिक्षक जानकी भ¤राईले पहिलो चरणमा हुने निर्वाचन सुरक्षा प्रयोजनका लागि केन्द्रवाट माग भएअनुसार १ हजार जनशतिm त्यसतर्फ पठायएको जानकारी दिनुभयो ।
उहाले वैशाख ३१ गते तिन प्रदेशमा हुने पहिलो चरणको निर्वाचन सुरक्षा प्रयोजनका लागि थप मद्धतमा गएका जनशतिm खटिनेछन ।त्यसैगरी नेपाल प्रहरीको तर्फवाटपनि पुर्व क्षेत्रवाट थप मद्धतका लागि ७ सय प्रहरी पहिलो चरणमा हुने निर्वाचन सुरक्षा प्रयोजनका लागि खटिएका छन ।
पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले वुथ कमाण्डरको नेतृत्व लिने प्रहरी निरिक्षकदेखि जवानसम्मका जनशतिm निर्वाचन सुरक्ष प्रयोजनका लागि खटाइएको जानकारी दिनुभयो ।