बेबी बुद्धलाई रथयात्रा सहित तिलौराकोट दरवार भित्रयाइयो ।

Posted on: May 11, 2017 | views: 241

कपिलवस्तु ।

२५६१ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी तिलौराकोट रथ यात्रा सहित बेबी बुद्धको मूर्तिलाई प्राचिन कपिलवस्तु तिलौराकोट दरबारमा भित्रयाइएको छ । बाजा गाजा झाकी सहित बुद्धजयन्ती मुल समारोह समिति कपिलवस्तुले विहिबार बेबी बुद्धलाई तिलौराकोट दरबार भित्रयाएको हो । लुम्बिनीबाट रथयात्रा सहित बेबी बुद्धको मूर्ति ल्याई तिलौराकोट दरबारमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव, कार्यकारी सदस्य, मूल समारोह समितिका प्रतिनिधी, संघसंस्था, पत्रकार तथा सरोकारवालाको उपस्थितीमा भित्रयाइएको हो । 

बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउदाको झल्को दिने गरी बेबी बुद्धलाई सिंगारेर २६ किमीको भब्य रथयात्रा निकालिएको थियो । बोधीसत्व प्राप्त बुद्ध राजप्रासाद फर्कदाको ऐतिहासिक महत्व बोकेको र राजकिय क्षणको झल्को दिन सकेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताउनुभयो ।

कार्यक्रममा कोषका सदस्य सचिव अतिमान तामाङले रथ यात्राले प्राचिनतालाई झल्को दिएर यहाँको पर्यटन विकासमा सरोकारवालाको ध्यान पुगेको बताउनुभयो । बुद्ध जयन्तीको समारोहको औपचारिक समापन कार्यक्रमका अवसरमा निकालिएको रथ यात्राले लुम्बिनीको छायामा पर्दै आएको कपिलवस्तुको पर्यटन प्रबर्धनमा कोसे ढुङ्गा साबित भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनु भयो । 

तिलौराकोट दरबारको पश्चिमी द्धार नजिकै बेबी बुद्धलाई राखेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । यसैबीच २५६१ औ बुद्धजन्तीको समापन समारोहमा बोल्ने अतिथीहरुले बृहत्तर लुम्बिनीको योजना अन्तरगत प्राचिन कपिलवस्तुमा रहेको बुद्धस्थलको विकासका लागि गुरुयोजनाको खाका तयार भएको बताइको थियो ।

बुद्ध सर्किटको रुपमा रामग्राम देवदह लुम्बिनी र प्राचिन कपिलवस्ुतुलाई समेटेर विकास योजना ल्याउनुपर्ने बताएका थिए । बुद्ध जयन्तीका अवसरमा कपिलवस्तुमा आयोजित बक्तत्ृत्वकला र चित्रकला प्रतियोगीतामा बिजयी भएकाहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कोषका सदस्य राजेश ज्ञवालीको अध्यक्षता र भक्तिराम पन्थीको संचालनमा सम्पन्न भएको कार्यक्रममा उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी, गैसस महासंघका जिल्ला अध्यक्ष प्रबीण श्रीवास्तव, पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसाल, समाजसेवी माधुरी श्रेष्ठ, गुनाखर गैर लगायतले प्राचिन कपिलवस्तुको विकासलाई कोषले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए । 

यसैबीच कार्यक्रममा भगवान गौतम बुद्धको पावन भुमिमा पत्रकारीताको माध्यम वाट विगत लामो समयदेखि प्रचार प्रशारमा अतुलनिय योगदान पुर्याएको भन्दै बुद्ध आवाज साप्ताहिकका प्रद्यान सम्पादक नन्दराम पौडेललाई सम्मान गरिएको छ । त्यस्तै समाजिक क्षेत्रवाट योगदान गर्नुहुने प्राध्यापक भक्तिराम पन्थि, उद्योगी अनिल कुमार कसौधन, समाजसेवि अमृतचन्द्र ठाकुर, सशिमाया शाक्य र गैरसरकारी संस्थाहरुले गरेको योगदानको कदर गर्दै विन्दवासिनी हरिजनलाई सम्मान गरिएको थियो ।