बागलुङ्ग ।
नेपाल दुर संचार कार्यालय बागलुङ्गमा आज बिहान करेन्ट लागेर दुईजना मजदुरको ज्यान गएको छ ।
आज बिहान सात बजे तिर दुरसंचार कार्यालयको निर्माणाधिन भवनमा काम गर्ने क्रममा अचानक लागेको करेन्ट बाट जिल्लाको निसीखोलाका दुधन घर्ती र बम बहादुर घर्तीको मृत्यु भएको दुरसंचार कार्यालय बागलुङ्गले जनाएको छ ।
ति दुबैलाई कार्यालयको कम्पाउण्ड भित्र सल्लाको रुखमा चिलको गुण भत्काउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बागलुुङ्गका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ्गले जानकारी दिनुभयो ।
एकजनालाई लागेको करेन्टबाट छुट्याउने क्रममा दुबैलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । घटना बारे थप बिबरण आउन बाकी छ ।