भक्तपुर ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत भक्तपुरमा तीन जना दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकामा दुई र मध्यपुर थिमि नगरपालिका एक गरी तीनजना दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको हो ।
भक्तपुर नगरपालिका वडा नं २ मा मंगललक्ष्मी शाही र वडा नं ७ मा रीजु कपाली निर्विरोध निर्वाचित हुनुभएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार शाही र कपाली दुवै नेपाल मजदुर किसान पार्टीका हुनुहुन्छ ।
त्यस्तै मध्यपुर थिमी नगरपालिका वडा नं २ मा अम्बिका रजक निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।