सिन्धुली ।
सिन्धुलीमा चट्याङ लागेर आज एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
सुनकोसी गाउँपालिका ५ बन्दिपुरमा आज दिउँसो वर्षा संगै परेको चट्याङ लागेर घरमै बसिरहेकी १३ वर्षिय वालिका सुन्तली थापा मगरको ज्यान गएको हो ।
चट्याङबाट स्थानीय प्रमिला थापा मगर र आदित्यमाया तामाङ घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो ।
सिन्धुलीकै तीनपाटन गाउँपालीका २ मा भुइँमा लत्रेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानिय ४७ बर्षिय खड्ग बहादुर श्रेष्ठको करेन्ट लागेर ज्यान गएको हो ।
विद्युत पोलहरु मर्मत गर्न प्राधिकरणलाई जानकारी गराउदा समेत प्राधिकरणले वेवास्ता गर्ने गरेको स्थानीय वासिन्दाको भनाई रहेको छ ।