बिदुर ।
स्थानीय तह निर्वाचन अन्र्तगत बैशाख ३१ गतेको निर्वाचनको लागि उमेद्वारी दिने क्रममा नुवाकोटमा नेकपा माओवादी केन्द्रबाट एक वडाध्यक्ष निर्विरोध बिजयी भएका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१ मा दलित महिला सदस्यतको तर्फबाट उम्मेदवारी दिएकी ठूलीकान्छी नेपाली निर्विरोध भएकी हुन् ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार अन्य राजनीतिक दलबाट वडा नं. १ मा दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उनि निर्विरोध निर्वाचीत भएकी हुन् ।
साविकको बेल्कोट गाविसको वडा नंं ४ र ९ लाई मिसाएर हाल बेल्कोटगढी नगरपालिकाको वडा नं. १ बनेको छ ।