घाईतेहरु लागी कोरियाबाट प्राप्त सहयोग रकम हस्तान्तरण

Posted on: May 02, 2017 | views: 524

पप्पु गुरुङ्, १९ बैशाख, दोधारा चाँदनी । जनवरी १, २०१७ का दिन भारतको उत्तराखन्ड, लोहाघाटबाट लेटि सुंगरखाल आउदै गरेको यात्रु वाहक जीप दुर्घटना परेका माहाकाली नगरपालिका परिवारजनलाई कोरियाबाट सहयोग हस्तान्तरण गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ का घाईते सबिता साँउद वडा नं. ६ निवासी किशन साँउदलाई आज एक कार्यक्रम बिच सहयोग हस्तान्तरण गरिएको छ् । घाईते सबिता साँउद र किशन साँउदको आर्थिक अवस्था निकै दैनिय रहेको बताउदै बिगत २ महिना देखि दक्षिण कोरियामा उनिहरुका लागी सहयोग संकलन अभियान थालिएका थियो । “जिप दुर्घटनामा घाईतेका उपचार तथा उनिहरुको नानीहरुको शिक्षामा सहयोग होस भन्ने उद्धेश्यले सहयोग संकलन गरिएको हो” सहयोग संकलन अभियानका अगुवा खेम साँउदले भने— “कोरियामा बस्दै आएका धेरै जसो नेपाली दाजु, भाई दिदी बिहिनीबाट सहयोग संकलन गरेका हौं” माहाकाली नगरपालिका वडा नं. ५ घर भई बैदेशिक रोजगारीको हाल दक्षिण कोरियामा बस्दै आउनुभएका खेम साँउदको पहलमा कोरियामा बिगत २ महिना देखि घाईते परिजनको लागी सहयोग संकलन थालिएको थियो । विकल्प दैनिक पत्रिका, टपनेपाल न्युज डटकम तथा रिसेन्ट नेपालमा समाचार प्रकाशित भएपछि कोरियामा सयोग संकलन थालेको हुन् । सामाजिक संजाल फेस बुककै साहारामा सहयोग संकलन गरिएको कोरियाबाट खेम साँउदले खबर पठाएका छन् । अभियानबाट संकलित जम्मा रकम रु. १ लाख ३५ हजार ५ सय रुपियाँ छिमेकी गाउ कुड डोर्म का स्व. चन्द्र साँउद को परिवारलाई रु. १० हजार रुपिया, स्व. बासु देव साँँउद को असहाय परिवारको लागि राहत रु. ३१ हजार ३ सय ७५ रुपिया पठाईएको खेम साँउदले बताएका छन् । पत्रकार पप्पु गुरुङ्गको नाउमा पठाएको रकमलाई आज एक कार्यक्रमको बिच घाइते किसन साँउद को उपचारका लागि रु. ६९ हजार २५ रुपिया र घाइते सविता साँउदको उपचारको लागि रु. २५ हजार १ सय रुपियाको चेक हस्तान्तरण गरिएको छ् । भानु उच्च माबिका शिक्षक नाफु सिंह साँउदको सभापतीत्वमा संचालित सहयोग रकम बितरण कार्यक्रमका प्रमुख अतिथी माहाकाली नगरपालिकाका कार्यकारी अधिकृत महेश बहादुर बम रहनुभएको थियो । यस्तै अतिथीमा नेपाली काग्रेंसका नगर सभापती डम्मर चन्द, नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधी बेल बहादुर राना, नेकपा एमालेका नगर अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा एमाले जिल्ला सदस्य चिनी गिरी, राप्रपाका धनसरा खत्री, सेडा नेपाल दिल बहादुर सिजाली, ईलाका प्रहरी कार्यालय माहाकालीका प्रहरी निरिक्षक बीरदत्त पन्त, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट माहाकालीका प्रहरी निरिक्षक फणेन्द्र शाही, पिडित परिजन तथा खेम साँउदका भाई देब सिंह साँउद लगाएत सहभागिता रहेको थियो । कोरियाबाट दाताहरुले लेखेको सन्देश सेडा नेपालका दिल बहादुर सिजालीले बाचन गरेका थिए । जिप दुर्घटना परेका असाहयहरुलाई कोरियामा बस्दै आएका खेम साँउदलाई बिशेष धन्यबाद दिदै सहयोग गर्ने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु प्रति कृतज्ञता ब्यक्त गरेका थिए । आफुहरुले असाहयहरुलाई केही नगरेको अवस्थामा कोरियामा बस्दै आएका खेम साउद लगाएत नेपाली दाजु भाई दिदी बहिनीले गरेको नमुना कार्यले आफुहरुलाई पाठ सिकाएको बक्ताहरुले जोड दिएका थिए । भानु बहुमुखी क्याम्पस माहाकालीको कक्षमा संचालित कार्यक्रममा कोरियामा संकलन कार्यको अगुवा खेम साँउदका ममतामयी आमालाई सम्मान समेत गरेको थियो ।