ट्याक्टर ब्याक गरेर माहाकालीमा एक महिलाको हत्या

Posted on: April 25, 2017 | views: 287

पप्पु गुरुङ्, १२ बैशाख, माहाकाली नगरपालिका । माहाकालीमा ट्याक्टरले ठक्कर लागेर घाईते महिलालाई ट्याक्टर ब्याक गरेर हत्या गरिएको छ् । ट्याक्टर ब्याक गरेर कुल्चेर महिलाको टाउको चुडिएको बताईएको छ् । घट्नास्थलमै महिलाको मृत्यु भएको हो । माहाकाली नगरपालिका वडा नं. ३, पिपल चौराह बस्ने ४० कि रामा देबी साँउदको आज करिब ५ बजे घट्नास्थलमै मृत्यु भएको स्थानियहरु जनाएको छ् । ट्याक्टरको  ठक्करबाट रामा देबी साउँद घाईते भएका थिए । घाईते साउँदलाई ट्याक्टर ब्याक गरेर कुल्चेर हत्या गरिएको स्थानियहरुले बताएका छन् । ट्याक्टर संग जोडिएको ट्रलीमा ईट, सरिया तथा सिमेन्ट ल्याउदै बाटोमा हिड्दै गरेको ट्याक्टरले एक्कासी रामा देबीलाई ठक्कर दिएको थियो । ठक्कर दिएको केही समय नबित्दै ट्याक्टर चालक दिनेश सुनारले ट्याक्टर ब्याक गरेर रामा देबीलाई कुल्चेको स्थानियहरुले बताएका छन् । म १ त ७७७ नम्वरको ट्याक्टर चालक दिनेश सुनार घट्नास्थलबाट फरार भएका छन् । । ट्याक्टर चालक सुनारको प्रहरीले खोजी गरेको छ् । समाचार तयार पारुन्जेल घट्नास्थलबाट शव उठाउन परिवारजन तथा स्थानियहरुले दिएका छैनन् । प्रहरीले ट्याक्टर सहित ट्रलीलाई नियन्त्रणमा लिएको छ्