‘चुनाव आएको खबर आयो, नेता भने आएनन् ’

Posted on: April 24, 2017 | views: 599

पप्पु गुरुङ्, ११ वैशाख, माहाकाली नगरपालिका । माहाकाली नगरपालिकाको बादी बस्तीमा स्थानिय चुनावको  मौखिक खबर निर्वाचन कार्यालयको मतदाता शिक्षा मार्फत आएको छ् । माहाकाली नगर क्षेत्रमा दलका नेताहरु उमेद्ववार छान्न ब्यस्त भएकाले बादी बस्तीमा अझै सम्म कुनै नेताहरु भोट माग्न पुगेका छैनन् । माहाकाली नगरपाललिकाको वडा नं. ६, बादी बस्तीमा “चुनावमा हामी आउदै छौं, भनेर नेताहरुले खबर आएको छ्, तर कोही आईपुगेका छैनन्” बादी बस्तीका एक अगुवा नेताले भने । “चुनावको अहिले सम्म थाहा छैन,” बादी बस्तीको शारदा बादी बताउछन् । “सरकारले मतदाता शिक्षा मार्फत खबर त पठायो तर नेता आ’का छैन्” माहाकाली नगरापालिका वडा नं. ६ मा बस्दै आएका बादी बस्तीमा खासै स्थानिय निर्वाचनको चहलपहल भने देखिदैनन् । सरकारले माहाकाली नदीको छेउमा एक सामुदायिक बनमा बस्दै आएको बादी बस्तीको बेदना लाई नहेरेको शारदा बादीले बताएका छन् । “जेठ ३१ गते चुनाव हो रे, कसैले केही भन्या छैन, पार्टी दल नि आ’का छैन” बादी बस्तीका भक्त बहादुर बादीले भने । उनिहरु जस्तै बस्तीमा स्थानिय निकायको निर्वाचनको बारेमा खासै जानकारी नभएको बताएका छन् । कस्लाई भोट दिने ? भन्ने समेत उनिहरुलाई थाहा छैन् । पहिलो संबिद्यान सभामा माओबादीका नेताहरु आएर हामीलाई भोट दिनु भनेर हामीले उनिहरुलाई दिएको उनिहरु बताउछन् । तर अझै सम्म फर्केर नआएको उनिहरु बताउछन् । यस पटक भने अझै सम्म कोही नेताहरु आएका छैनन् कस्लाई भोट दिने हो भन्ने थाहा नभएको भक्त बहादुर बादीले बताए । “हाम्रो बस्तीलाई सहयोग गर्ने पार्टी तथा ब्यक्तीलाई हेर्न मान्छेलाई भोट दिने भनेका छौ” भक्त बहादुर बादीले भने । बिगतको संबिद्यान सभाको निर्वाचनमा भोट हालेर पठाएको नेताले बस्तीको लागी केही नगरेको बताउछन् उनिहरु । “अहिले सम्म चुनावको केही हालखबर चाल पा’को छैन, नेताहरु हाम्रा बस्तीमा घुम्या छैनन्, जुनले सुरक्षा गर्छ, गरिवलाई हेर्छ उसैलाई भोट दिन्छौं” लोक बहादुर बादी भन्छन् । उनिहरु बिगत लामो समय देखि महाकाली नदी किनारमै एक सामदायिक बनको बिच भागमा झुपडी बनाएर बसेका छन् । देशमा राजतन्त्र, प्रजातन्त्र हुदै लोकतन्त्र, गणतन्त्र आए पनि उनिहरुको जिवन शैलीमा कुनै परिवर्तन आएको छैन । स्थानिय निर्वाचन प्रति उनिहरु पुर्ण अनबिज्ञ छन् । “जुन जोगी आएपनि कानै चिरेको” उनिहरु बताउछन् । दुई छाक टार्न बादी समुदायका बस्तमिा अहिले धौ धौ छ । यस पटकको स्थानिय निर्वाचनले महाकाली नगरपालिकामा रौनक छ् तर बादी बस्तीको आंगन सम्म स्थानिय निर्वाचन पुग्न सकेको छैन् । स्थानियरुको खेतवारवारी, चिया पसल चौतारामा चुनावी रमझम छ् । तर बादी बस्तीमा कुनै दलका कार्यकर्ता समेत पुगेका छैनन् । कतिपय बादीहरुले कहिले स्थानिय निर्वाचन हो भन्ने समय पनि थाहा नभएको बताउछन् । “हामीलाई निर्वाचन आएपनि नआएपनि कुनै असर छैन” लोक बाहदुर बादी भन्छन् । सरकारले विभिन्न दलित समुदाय लाखौ रुपिया लगानी लगाएको सरकारी विवरण प्रस्तुत गरेपनि उनिहरुमा एक सुक्का पनि सरकारको रकम पुग्न सकेको अवस्था छैन् । स–साना झुप्रामा जिवन यापन गर्दै आएका महाकाली नगरपालिका बादी समुदायलाई बिहान र साँझ के खाने चिन्ता नै ज्युको त्युँ छ् ।