माहाकालीमा नेपाली काग्रेंसको वडा वडामा सहमती बन्दै

Posted on: April 24, 2017 | views: 397

पप्पु गुरुङ्, ११ बैशाख, माहाकाली नगरपालिका । आसन्न स्थानिय निर्वाचनको लागी माहाकाली नगरपालिकामा नेपाली काग्रेंसको वडा सहमती गर्ने कार्य जारी राखेका छन् । वडामा एक उम्मेवारमा दर्जनौ आकांक्षी उम्मेदवार देखा पर्न थालेपछि नेपाली काग्रेंसको नेतृत्व पंक्तीलाई मिलाउन हम्मे हम्मे भएको छ् । माहाकाली नगरपालिका वडा नं. २, ३, ५ र ६ वडाहरुमा सहमती भएको जानकारी आएको छ् । नेपाली काग्रेसका नगर सभापती डम्मर चन्दले आसन्न स्थानिय निर्वाचनलाई पार्टीले सबैको मन जित्न सक्ने प्रकारको ब्यक्तीलाई टिकट दिने बताएका छन् । आज नगर कार्य समिति लगाएत नेतृत्व पंक्तीको टोलीले वडामा देखिएको थुप्रै आकांक्षी उम्मेदवारहरुलाई सहमती गर्दै आसन्न स्थानिय निर्वाचनको लागी तयारी अगाडी बढाएको छ् । आज माहाकाली नगरपालिका वडा नं. २ मा  वडा अध्यक्ष पदको लागी कमलापती सुनारलाई समती जनाएका छन् भने सदस्यमा भवै सुनार, सुरज सुनार, धना कुवँर, काली देवी दमाईलाई सहमती जनाएको नेपाली काग्रेंस नगर अध्यक्ष डम्मर चन्दले जानकारी दिएका छन् । यस्तै वडा नं. ३ मा पुष्कर सिंह जोशी, सदस्यमा गिता सुनार, नारायणी पन्त, राम सिंह भण्डारी, तेज सिंह थापालाई सहमती गरेका छन् । वडा नं. ५ को वडा अध्यक्षमा गम्भिर सिंह भण्डारी, सदस्यमा बिर्मा देबी सुनार, बिर्मा बुढा क्षेत्री, करन सुनार र एक सदस्यको सहमती हुन बाँकी रहेको बताईएको छ् । वडा नं. ६ मा अध्यक्ष दिल बहादुर सिंजाली, सदस्यमा मनिषा थापा, भावना जैरु, भुवन मगर र योगेश चन्दलाई सहमती जनाईएको नेपाली काग्रेंस नगर कार्य समिति माहाकालीले जनाएको छ् । माहाकाली नगरपालिकाको ४ वटा वडामा सहमती भईसकेको र बाँकी वडा पनि सहमती बन्दै गरेको नेपाली काग्रेंसका नगर सभापती डम्मर चन्दले जानकारी दिएका छन् । स्थानिय निर्वाचनमा नेपाली काग्रेंसले बहुमतले बिजय गराउने निश्चित भएको बताउदै नेपाली काग्रेंसका सम्पुर्ण कार्यकर्ता स्थानिय निर्वाचनमा होमिदै आएको नगर अध्यक्ष डम्मर चन्दले बताएका छन् ।