गौवध मुद्दाका आरोपी ४ बर्ष पछी पक्राउ


Posted on: April 17, 2017 | views: 107
पर्वत । करिव ४ बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं ३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खड्का लाई गाई मारेर खाएको आरोपमा जिल्ला अदालत पर्वतले २०६९ जेष्ठ २९ गते गौवध मुद्दा अन्तरगत ११ वर्ष १० महिना १४ दिन कैद सजाय तोकेको थियो । फरार पश्चात भारतमा वस्दै आएका खड्कलाई घरमा आएको मौका छोपी बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय हुवासले नियन्त्रणमा लिई प्रहरी कार्यालय पर्वतमा दाखिला गरेको थीयो । प्रारम्भिक अनुसन्धान पश्चात खड्का लाई आईतबार थप कारवाहीको लागी सम्मानित जिल्ला अदालत पर्वतमा बुझाईएको प्रहरीले जनाउको छ ।