द्धन्द्धका घटना छानविनको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

Posted on: April 14, 2017 | views: 226
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष द्वन्द्वका घटनाहरु छानविन र त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी नेतृत्वको कार्यदलले त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधानसहितको प्रतिवेदन पेश गरेको छ । त्यसैगरी, द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवं परिक्षण सम्वन्धी कार्यदलले शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवलाई बुझाएको प्रतिवेदन उहाँले प्रधानमन्त्री दाहाललाई बुझाउनु भयो । प्रतिवेदनमा १५ हजार ३ सय ५ घटनाहरुको छानविन तथा अध्ययन विवरणसहित आवश्यक सुझाव दिइएको छ । प्रधानमन्त्रीले महत्वपूर्ण सुझावसहितको प्रतिवेदन समयमा नै पेश गरेकोमा कार्यदललाई धन्यवाद दिनुहुदै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताउनु भयो ।