स्थानिय चुनावमा गोरखामा २१३ मतदान केन्द्र हुने

Posted on: March 15, 2017 | views: 352
गोरखा । आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा २१३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय गोरखाले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरु र सुरक्षा निकायका प्रमुखसहितको बैठक राखेर निर्वाचन केन्द्रको टुंगो लगाएको हो । यसअघि बि.सं. २०७० सालमा भएको संबिधानसभाको दोस्रो निर्वाचनका बेला रहेका २०६ वटा मतदान केन्द्रलाई यथावत राख्दै थप सात वटा मतदान केन्द्र थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । गाबिस र वडाहरु गाउँपालिकामा समायोजन भएका ठाउँमा नयाँ मतदान केन्द्र थप गरिएको भन्दै पोखरेलले आयोगबाट पत्र आएपछि कुन–कुन ठाउँमा केन्द्र रहने सार्वजानिक गरिने बताउनुभयो । गोरखा नगरपालिका र पालुङटार नगरपालिकासहित गोरखामा नौ वटा गाउँपालिका छन् । यस्तै गोरखामा एक लाख ७१ हजार ७१ जना मतदाता छन् ।