दोधारा चाँदनीको सीमा क्षेत्रमा अवैधरुपमा मदिरा पसल बढदै

Posted on: March 12, 2017 | views: 1169

पप्पु गुरुङ्, २९ फागुन, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीको नेपाल–भारत सीमा क्षेत्रमा बिना अनुपति मादक पदार्थको पसल सन्चालनमा वृद्धि भइरहेका छन् । लामो समय देखि मादक पदार्थ तथा लागु पदार्थ दुब्र्यसनि न्युनीकरण गर्ने उदेश्यले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र बिभिन्न संघ–संस्थाले विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालन गरिए पनि सीमा क्षेत्रमा झन् झन् मदिरा पसल बढिरहेका छन् । केही महिना अगाडि आएका ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले जनचेतनामुलक कार्यक्रम सन्चालन गरेर बिभिन्न स्थानमा अबैध मदिरा नियन्त्रणको लागी छापा हानेर ठुलो मात्रामा अबैध मदिरा नियन्त्रण कार्य गर्दै आएपनि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा हालै सरुवा भई आएका नव प्रहरी निरिक्षक बिरदत्त पन्तले उक्त अभियानलाई जारी राख्ने बताएका छन् । सीमा क्षेत्रका मदिरा पसल ब्यापारिहरु दर्ता बिना नै धमाधम सन्चालनमा ल्याएका छन् । सरकारको नीति अनुसार कुनै पनि पसल सन्चालन गर्दा अनुपति पत्र लिनु पर्ने भएता पनि सीमाका ब्यापारिहरु मनपरि पसल सञ्चालन गरिरहेका छन् । सीमा क्षेत्र भन्दा ३ किमि भित्र  पसल सञ्चालन गर्न सरकारको नीति छ तर सीमा क्षेत्रको दशगजा क्षेत्रमा समेत यस्ता धैरै अवैध पसल सञ्चालनमा आउदा पनि प्रशासन मौन रहेको छ । सीमा क्षेत्रमा मादक पदार्थ सेवन गरेर अपराधिक गतिबिधी बढ्ने सम्भावना बढ्ने तिब्र सम्भावना भएपनि राजनितिक दल तथा  प्रहरी प्रशाशन मुकदर्शक बन्दै आएको छ् । समय समयमा अनुगमन गरी तत्काल सीमा क्षेत्रबाट अवैध मदिरा पसल हटाउनु पर्नेे स्थानीयहरुको माग रहेको छ । अवैध रुपमा पसल सञ्चालन हुदा दुई देशको सम्बन्ध समेत बिग्रिरहेको स्थानीयबासीले बताएका छन् । यस्ता अवैध पसल खास गरी दोधारा चाँदनीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोल लगाएत नेपाल–भारत सिमा बस्तीमा सञ्चालनमा रहेका छन् । 

सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो

दोधारा चाँदनीको भारत संग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्न गरेको छ् । भारतको उत्तर प्रदेश तथा उत्तराखण्डको दोधारा चाँदनी सिमा नेपाली बस्तीमा मदिरा प्रयोग र बिक्री रोक्न कार्यान्वयनमा सहयोग गर्न नेपाली पक्षलाई आग्रह गरेपनी नेपाली प्रशासनबाट खासै प्रभावकारी कदम नचालेको स्थानियहरु बताउछन् । एक अनुमान अनुसार दोधारा चाँदनीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोलमा दैनिक सयौ बढी भारतिय नागरिक दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन् । सिमा क्षेत्रमा नेपाली प्रशासनको खासै उपस्थिती नहुने हुदा बिहानै देखि भारतिय नागरिक नेपाली भट्टीमा लर्को लाग्ने गरेको स्थानियहरुको भनाई रहेको छ् ।