लहान ।
आज लहानमा मधेसी मोर्चा आबद्ध उग्र कार्यकर्ताले नेकपा एमाले लहान नगर कमिटी कार्यालय तोडफोड गरेका छन् ।
कार्यालयको टेबुल, कुर्सी, दराज साथै कार्यालयमा रहेको कागजात कार्यालयको अगाडि पुर्वी पश्चिम लोकमार्गमा ल्याई आगजनी गरिएको छ ।
आगजनी पश्चात् नेता तथा कार्यकर्ता सरकारी कार्यालय बन्द गराउने क्रममा यातायात कार्यालयमा प्रहरी र मोर्चाको बिच सामान्य झडप समेत भएको छ ।
झडपकै क्रममा प्रहरीले १३ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।
पक्राउ परेका मोर्चाका नेता तथा कार्यकर्ताहरुमा कृष्ण बहादुर यादव , सत्यनारायण यादव , बैधनाथ प्रसाद साह, राजु गुप्ता , प्रयाग लाल यादव , मोहम्मद गुलाब राईन, मनोज यादव , दिलिप कुमार यादव , दिनेश यादव , उमेश कुमार महतो, आलोक यादव , रोशन यादव र बिजय कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय, लाहानका डिएसपी हिरा बहादुर पाण्डेले बताएका छन ।