दाङ ।
दाङको घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ ।
घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नं. को बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।
आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् ।