काठमाडौं ।
आसन्न स्ववियु चुनावलाई लिएर फोनमा धम्कि आइरहेको बताएकी त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी चढेको गाडीमा आगजनी भएको छ ।
दुई जना युवाले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् ।
त्रिपाठीका अनुसार गाडीबाट हातमा समाचार जर्वजस्ती ओराल्दै, चालकलाई समेत ओर्लन धम्की दिएर उनिहरुले आगो लगाएका हुन् ।
आगो लगाएपछि भागेका उनिहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।