पर्वत ।
पर्वत सदरमुकाम कुश्मा बजारमा रोकेर राखिएको वसमा आगालागी भएको छ ।
सदरमुकाम कुश्मा स्थित जिरो किलोमिटरमा रोकेर राखिएको वसमा गएराती आगालागी हुँदा वस जलेर नष्ट भएको छ ।
आगालागीवाट ध १ ख ५१४ नम्बरको वसमा आगो लागेको प्रहरीले जनाएको छ ।
राती ११ वजेतिर आगो लागेको खबर गरेपछि पुगेको प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएपनि वस भने जलेर पुरै नष्ट भएको छ ।
स्थानीय रुटमा चल्ने वसमा के कारणले आगो लागेको थियो भन्ने कुरा यकिन हुन सकेको छैन ।
स्थानीय सुवास पौडेलले बस भित्रको वारिङ सट भएर आगो लागेको बताउनुभयो तर यथार्थ कुरा के हो भनेर प्रहरीले अनुसन्धान गर्ने प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।
पर्वत सदरमुकाममा कुश्मामा एकमहिना अगाडी पनि वसपार्कमा रोकिएको गाडीमा आगो लागेको थियो ।