हिउँ चितुवा पाइने देशका मन्त्रीहरुको बैठक काठमाडौंमा

Posted on: January 20, 2017 | views: 323

काठमाडौं ।
हिउँचितुवा पाइने विश्वका १२ राष्ट्रका मन्त्रीस्तरीय वैठक काठमाडौंमा आज सुरु भएको छ ।

ग्लोबल सो लियोपार्ट एण्ड इकोसिस्टम प्रोगाम नाम दिइएको सम्मेलनमा हिउँचितुवा पाइने नेपाल सहित भारत, अफगानिस्तान, भुटान चीन, रुस, किर्गिस्तान ताजकिस्तान लगायत १२ मुलुकका मन्त्रीहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक साधन स्रोतले भरिपूर्ण भएकाले विश्वको ध्यान नेपाल तीर आर्कषित गर्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले राजनीतीक अस्थीरताले नेपालको विकासमा फड्को मार्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै अब नयाँ ढगले अगाडी वढ्नु पर्ने बताउनु भयो ।

प्रत्येक दुई दुई वर्षमा हुने सम्मेलन यसअघि किर्गिस्तानको राजधानी विस्केकमा सम्पन्न भएको थियो ।



विश्वव्यापी रुपमा लोप हुदै गएको हिउँ चितुवाको संरक्षणबारे साझा रणनीति बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताईएको छ । \हिउँचितुवा सम्मेलन सम्वन्धी विज्ञहरुको अन्तर्रा्ष्ट्रिय वैठक केहीदिन देखि जारी रहेपनि मन्त्रीस्तरीय सम्मेलन भने आज मात्रै हुन लागेको हो ।

हाल विश्वमा करिव ५ हजारको हाराहारीमा हिउँचितुवा रहेको अनुमान छ । नेपालमा ३ देखि ५ सयको हाराहारिमा हिउँचितुवा रहेको संरक्षणविद्हरुले बताएका छन् । सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै आजै सकिने छ ।