सर्भरको समस्या र ट्रायल सेन्टरको अभावले लाइसेन्स प्रक्रियामा ढिलाई उस्तै

Posted on: January 17, 2017 | views: 881

काठमाडौं,माघ ४ । लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ । गत बिहीबार सवारीचालक अनुमतिपत्र फाराम भरेका सेवाग्राहीले सोमबारसम्म पनि प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । 

 

यसका साथै कहिले उनीहरूको पालो आउँछ भन्ने कार्यतालिकासमेत सवारीचालक अनुमतिपत्र कार्यालयले सार्वजनिक गरेको छैन । कार्यालयका कर्मचारीका अनुसार बिहीबार फाराम भरेका सेवाग्राहीको शुक्रबार लिखित परीक्षा र आइतबार प्रयोगात्मक परीक्षा (ट्रायल) हुनुपर्ने थियो । जसअनुसार शुक्रबार लिखित परीक्षा र परीक्षाफल सार्वजनिक गर्नुपर्ने थियो । तर, परीक्षा दिएका करिब ६ सयजनाको सोमबारसम्म परीक्षाफल सार्वजनिक गरिएको छैन ।

 

कार्यालयले सोमबार कार्यालय आउन आइतबार सूचना जारी गरेको थियो । तर, सोमबार कार्यालय पुगेका सेवाग्राहीको लाइसेन्स लिने प्रक्रिया अघि बढ्न सकेन । यसका साथै सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले गत बिहीबारदेखि थप लाइसेन्स फाराम लिएको छैन । 

 

यसरी ढिलाइ हुनुमा कम्प्युटर प्रणालीकृत सर्भरमा निरन्तर समस्या आउनुलाई मानिएको छ । सर्भरमा आएको समस्याकै कारण दु्रतगतिमा सेवा प्रदान गर्न नसकिएको सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले बताए ।

 

एकान्तकुनामा बढ्यो चाप मन्त्रालयले पछिल्ला दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकामा थप दुईवटा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै, अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रको फाराम भर्न सकिने व्यवस्था गरेको छ ।  यसले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स) को फाराम भर्न मध्यरातदेखि लाग्ने भीड केही दिनयता घटेको थियो । 

 

तर, सर्भरमा आएको समस्याले पुनः पहिलेकै जस्तो भीड हुन थालेको छ । नयाँ खुलेका कार्यालयमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने काम मात्र हुने गरेको छ । 

 

यसले पनि भीड बढेको हो । कार्यालय बढे ‘ट्रायल सेन्टर’ बढेनन् सरकारले उपत्यकामा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालयको संख्या तीन ९एकान्तकुना, स्वयम्भू र जगाती० पु¥याइसकेको छ । 

 यही हप्ता चाबहिलमा पनि थप एक कार्यालय खोलेर चारवटा कार्यालय सञ्चालनमा आउनेछन् । 

 तर, उपत्यकामा लाइसेन्स प्राप्त गर्न आवश्यक पर्ने प्रयोगात्मक परीक्षा ९ट्रायल० का लागि दुईवटा मात्र केन्द्र छन । 

 

रामशाहपथस्थित नेपाल ट्रेडिङ लिमिटेडको भवन रहेको स्थानमा चारपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षा हुने गरेको छ भने मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुईपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षा हुने गरेको छ । 

 

थप गरिएका स्वयम्भू र जगातीमा प्रयोगात्मक केन्द्र छैन । यस्तै यही हप्तादेखि सञ्चालनमा आउने भनिएको चाबहिल कार्यालयमा पनि प्रयोगात्मक केन्द्र छैन ।

 

प्रयोगात्मक केन्द्रविनाका कार्यालयले सवारीचालक अनुमतिपत्रको नवीकरणबाहेक अन्य काम गर्न सक्दैनन् । 

 

आइतबार भक्तपुरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘जति कार्यालय, त्यति ट्रायल सेन्टर’ व्यवस्था गरिने बताएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।