पाँचथर ।
ताप्लेजुङबाट बिर्तामोडतर्फ जादै गरेको मे१ ज २५४६ नम्बरको जिप पाँचथर फिदिमको लालिखर्क नजिक तुसारोमा चिप्लिएर सड्कबाट करिब पाँच सय मिटर तल खस्ता जिपमा सवार आठै जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार आज बिहान करिब १० बजे सो जिप दुर्घटना भएको हो । घाइतेहरुमा मोरङ डागाीहाटका एकै परिवारका तीन दाजु भाईसमेत रहेका छन् ।
घाइतेहरु मध्ये चालक देवान दोर्जे, ताप्लेजुङकी नैनकला कार्की, ताप्लेजुङकै रोसन लिम्बुको अवस्था गम्भिर रहेको र उनीहरुलाई जिल्ला अस्पताल पाँचथरमा पारम्भिक उपचार पछि थप उपचारको लागि झापातर्फ रिफर गरिसकेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।
घाइतेहहरु मोरङ डागाीहाटका जिबन खड्का, प्रमबहादुर खड्का र तुवन खड्का तेहथुमका सरोज खनाल, पाँचथर याङनामका रुद्र लोवासहित रहेका छन् घाइते अन्य तीन जनालाई पनि थप उपचारको लागि झापातर्फ रेफर गरिएको बताइएको छ ।
कतिपय घाइतेहरु पाथीभराको दर्शन गरेर फर्कदै गरेको जनाइएको छ । सडकबाट पाँच सय मिटर तल भीरमा खसेको सो गाडी रुखमा अल्जेर अडेको थियो ।