काठमाडौं,पुस २०– मोबाइलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको हल्ला कसरी मच्चिएको भन्ने प्रमाणित भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको अफवाह फैलाउने फैलाउने दुईजनालाई पक्रेपछि घटनाको सार्वजनिक भएको हो । उक्त टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने गरेको भेटिएको हो । ब्युरोले एप्सको प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराईली र सो खबर सामाजिक सञ्जालमा बढाई चढाई पोष्टगर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्राविधीक अधिकारीले बुधबार संचारकर्मी माझ रातो नम्बर आउने एप्सबाट फोन गरि देखाएका थिए।
यो एप डाउनलोड गरेपछि मोबाइलको सेटिङ परिर्वतन गर्नासाथ फोन आउँदा रातो ९आफूले चाहेको० रंगमा नम्बर डिस्प्ले हुन्छ । बराइलीले पनि त्यही गरेका थिए । साथै नम्बर परिर्वतनका लागि ‘फेक कल’ भन्ने अर्को एप प्रयोग गरिएको रहेछ । सुरुमा त यो हल्ला एनिनेमस ब्लगबाट सुरु भएको थियो । तर, गायिका प्रशनाले नै फेसबुकमा राखेपछि यो अफवाहलाई बल पुगेपछि बुधबार सीआईबीले डेमो नै गरेर देखाएको छ ।