विद्यार्थी चढेको बस दुर्घटना हुँदा दक्षिणकालीमा एक विद्यार्थीको निधन

Posted on: December 17, 2016 | views: 482

२ पुस, काठमाडौं ।
दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै निधन भएको छ ।

ललितपुरस्थित क्यारेबियन कलेजको बस फर्पिङ-कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेर दुर्घटना भएको हो ।

एकजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको र अन्य केही घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । मृतकको सनाखत भएको छैन ।

कलेजका प्रमुख विष्णु शर्माले पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बस दुर्घटना परेको बताएका छन् ।

उनका अनुसार घाइतेहरु केहीलाई फर्पिङस्थित मनमोहन अस्पताल र दुईजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।