कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

Posted on: December 15, 2016 | views: 317

भक्तपुर,मंसिर ३० ।  कक्षा ११ को नियमित तर्फको परीक्षाफल प्रकाशित भएको छ । गत जेठ १ गते देखि १२ गतेसम्म सञ्चालन भएको विज्ञान, व्यस्थापन,मानविकी तथा शिक्षा संकायको परीक्षाफल बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सहभागि २ लाख ६६ हजार १ सय तीन परीक्षार्थी मध्ये १ लाख ३६ हजार ६ सय ६५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जुन कुल परीक्षार्थीको ५१. ७ प्रतिशत हो । ३३ जनाको भने परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

गत वर्ष सम्म नीयमित र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो । एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जान्थ्यो ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस्

विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको नियन्त्रक बोर्डले जनाएको छ । यस वर्ष  आंशिकतर्फ सहभागी भएका परीक्षार्थीको नतिजा भने गत मंगलबार सार्वजनिक भएको थियो । कक्षा १२ पास भएका तर ११ मा १–२ विषय लागेर अघिल्लो तह पढ्नबाट बञ्चित विद्यार्थीलाई सहज होस् भनेर यस बर्ष देखि छुट्टा छुट्टै नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेका र यसलाई निरन्तरता दिने बोर्डको योजना छ । कक्षा ११ को परीक्षामा आंशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए ।