कडा सुरक्षा घेरा भित्र रामलिला फर्जी टिकट प्रकरणको प्रतिबेदन सार्वजनिक

Posted on: November 30, 2016 | views: 448

पप्पु गुरुङ्ग- दोधारा चाँदनी,मंसिर १५ - विवादस्पद रामलिला फर्जी टिकट प्रकरणको छानबिन समितिले आज प्रतिबेदन सार्वजनिक गरेको छ् । कडा सुरक्षाको बिच आज अपरान्ह साबिकको दोधारा गाबिस कार्यालय सभा कक्षमा आज सर्वदलिय छानबिन समितिले आज प्रतिबेदन सार्वजनिक गर्दै समिति तथा उपसमिति बिच मेलमिलाप गराएको छ ।


आज एक कार्यक्रमको बिच छानबिन समितिले आरोपित तथा रामलिला समितिका पदाधिकारी तथा स्थानियहरुलाई डाकेर छानबिन प्रतिबेदन सार्वजनिक गरेको हो । प्रतिबेदन सार्वजनिकमा हातपात तथा कुटपिट सम्भावना देखेर रामलिला समितिको अनुरोधमा सर्वदलिय छानबिन समितिले सुरक्षा निकायहरुलाई समेत गुहारेको थियो । सुरक्षा निकायबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली खटिएको सरक्षा अधिकारीहरुले जनाएको छ् । छानबिन प्रतिबेदनमा फर्जी टिकटको दोषीको को ? भन्ने बिषयमा अझै अन्योलता देखाएको छ् ।


“फर्जी टिकटको दोषी को हो भन्ने पत्ता लागेन्” छानबिन समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ् । छानबिन टालीले रामलिलाको बिल भर्पाई तथा निर्णय दुरुस्त नराखेको, रामलिला समितिका पदाधिकारीले समेत सहयोग गरेको रकम नतिरेको, कुर्ची बिक्रि टिकट प्रमाणित नगरेको, स्टल बिक्रि गरेर दिनु पर्ने रकम स्टल बिक्रि संयोजकबाट अनाएको लगाएत प्रतिबेदनमा उल्लेख गरेको छ् । छानबिन समितिले छानबिन प्रतिबेदन सार्वजनिक गर्न रामलिला समितिलाई पटक पटक बोलाउदा समेत रामलिला समितिले उक्त प्रतिबेदनलाई अश्वीकार गर्दै आउन नमानेको थियो ।


सर्वदलिय तथा स्थानियहरुको दबाबको बाबजुत आज बल्ल तल्ल प्रतिबेदन सार्वजनिक स्थानमा पुगेको सर्वदलिय छानबिन समितिका एक सदस्य डम्मर चन्दले बताएका छन् । फर्जी टिकट छानबिन समितिले रामलिला समितिले रकममा समेत हिनामिना गरेको जनाएको छ् । छानबिन समितिको प्रतिबेदनमा रामलिला समितिले आयको अनुपातमा बढी खर्चा गरेको गरेको, रामलिला समितिले सरसमान खरिद गर्दा बिल भर्पाई ईत्यादी समितिको निर्णय र बिल भर्पाई चुस्त, दुरुस्त नगरेको, चन्दाको जिम्मा लिएका ब्यक्तीहरुले अहिले सम्म समितिका रकम जम्मा नगरेको, रामलिला समितिका बजार ब्यवस्थापन समितिका संयोजक र मोटर साईकल पार्किङ्गका जिम्मा लिएका ब्यक्तीहरुले अहिले सम्म रकम नबुझाएका, रामलिला समितिले कुर्ची ब यवस्थापन समितिलाई एक मुष्ठ ठेली नदिनु पर्ने तथा प्रमाणित गरेर नदिएको, कुर्ची टिकट संयोजकले एक मुष्ट रसिद नलिनु पर्ने, टिकट लिदा टिकट बिक्रि संयोजकले प्रमाणित गरेर लिनु पर्ने , प्रत्येक दिनको टिकटबाट उठेको रकम सचिवालयमा संकलन गर्नु पर्ने लगाएत कुरा प्रतिबेदनमा उल्लेख गरेको छ ।


छानबिन समितिले चन्दाबाट उठेको रकम रु. १ लाख ८५ हजार ७ सय ४०, रामलिला मञ्चनबाट उठेको रकम रु. १ लाख २९ हजार ४०, कुर्ची बिक्रिबाट उठेको रकम रु. ५९ हजार ३ सय, बजार ब्यवस्थापनबाट उठेको रकम रु. ६७ हजार ४०, गाडी पार्किङ्गबाट रुं ५ हजार गरि जम्मा जम्मी आम्दानी रु. ४ लाख ४६ हजार ९७ रुपिया सो रकम मध्ये व्यय् तर्फ रु. ३ लाख ४९ हजार ९ सय १२ रुपिया गरि रामलिला समितिको बचत हुने रकम रु. ९६ हजार १ सय ८५ हुनु पर्ने रहेको छ् । आज एक बैठक बसेर रामलिलाको बेला फर्जी टिकट देखा परेपनि दुुबै पक्षबाट फर्जी टिकटको बारे पुष्ठी हुन नसकेको हुदा रामलिला समिति तथा उपसमिति बिच सो बिषयलाई आगामी दिनहरुमा यसै बिषयलाई लिएर आरोप प्रत्यारोप नगर्ने भनि सहमती भएको कुर्ची टिकट व्यवस्थापन समितिका संयोजक डम्मर रानाले बताएका छन् ।


दोधारा चाँदनीमा यस वर्ष संचालित रामलिला नाट्य मञ्चनमा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते देखि गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी टिकट बिभिन्न स्थानमा देखा परेपछि बिबाद श्रजना भएको हो ।