३० कार्तिक, बारा ।
विधुत चोरी गर्ने जिल्लाको विभिन्न ठाँउवाट ३० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विधुत चुहावत नियन्त्रण टोलीले सोमवार राती विधुत चोरी गरी पोलमा अंकुस लगाएर वती वालीरहेका ती व्यतिmहरुलाई पक्राँउ गरेको विधुत प्रवधिकरणका प्रमुख विनोद चौधरीले जानकारी दिनु भयो ।
जिल्लाको भलुही भरवलिया, मोतिसर, वेनौली, फेटा, सदरमुकाम कलैया, भगवानपुर, खुटवा जब्दी, रघुनाथपुर, पुरैनिया लगाएतका टाँउवाट तिनीहरु पक्राँउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नरेन्द् कुमार उप्रेतीले जानकारी दिनु भयो ।
प्रकाउ परेका तिसैजनालाई तिनीहरुको कसुर हेरी पहिलो पल्टका लागि दण्ड जरिवना गरी छाडिने प्राधिकरणका प्रमुख चौधरीले बताउनु भयो ।
जिल्लामा विधुत चोरी गर्नेको संख्या हवातै बढदै गएको हुदा सरकारको राजस्वमा निकै कमी आउनुको साटो चाडो चाडो ट्रान्सफरमर पडकने गरेको प्रमुख चौधरीको दावी रहेको छ ।