२९ कार्तिक, काठमाडौं ।
नेकपा 'एमाले'को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घमा पृथ्वीसुब्बा गुरुङ चुनिनुभएको छ ।
यही कात्तिक २७ गतेदेखि आजसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपाशुर शेर्पा, झकबहादुर थापामगर, शान्ता चौधरी र चित्र थापामगर हुनुहुन्छ ।