नेकपा माओवादी केन्द्रका सांसद् भक्तिप्रसाद पाण्डेको निधन

Posted on: November 14, 2016 | views: 237

२९ कार्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ ।

एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा राखिने भएको छ ।