कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (विज्ञप्ती सहित)

Posted on: November 11, 2016 | views: 504

काठमाडौं,कात्तिक २६ । कर्मचारी ट्रेड युनियनहरुले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै घिसिङलाई कार्यालय छिर्न नदिने चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा घिसिङले एकपक्षीय समाचार प्रेषित गर्ने, कार्यालयमा अनावश्यक मानिसको जमघट गराई काममा बाधा पुर्‍याउने र विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको आरोप लगाईएको छ ।