शिक्षा मन्त्रीको भाषण-'सरकारी तलव खाएर राजनीति गर्ने शिक्षकलाई वर्खास्त गर्छु'

Posted on: November 02, 2016 | views: 184

१७ कार्तिक, पर्वत ।
शिक्षामन्त्री धनीराम पौडेलले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षकलाई वर्खास्त गर्ने बताउनुभएको छ ।

प्रेस सेण्टर पर्वतले कुश्मामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले सरकारी तलव खाएर पार्टिको झण्डा बोक्ने शिक्षकलाई कारबाहि गर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो ।

शिक्षकहरु पेशा भन्दा पार्टिको कार्यक्रममा हिँड्दा शिक्षामा गुणत्मक परिवर्तन नआएकोले सरकार कडा रुपमा प्रस्तुत हुन लागेको बताउनुभयो ।