देउसी भैलीमार्फत स्वास्थ्यबारे सचेतना फैलाउँदै आमा समूह

Posted on: October 31, 2016 | views: 191

१५ कार्तिक, कञ्चनपुर ।
कञ्चनपुरको झलारी पिपलाडी–३ जोनापुरका मेलमिलाप र दादुरा आमा समूहमा आबद्ध महिला, देउसी भैली गीतमार्फत सर्वसाधारणका घरघरमा पुगेर स्वास्थ्यबारे सचेतना फैलाउने कार्यमा संलग्न भएका छन् ।

देउसी भैली गीतमार्फत सर्वसाधारणलाई निरोग रहनका लागि अपनाउनु पर्ने सावधानीका बारे महिलाहरुले सचेतना छर्न थालेका हुन् ।

व्यक्तिगत सरसफाइ, चर्पीको प्रयोग, सफा पानीको प्रयोग गरी विभिन्न सङ्क्रमक रोगबाट बच्न सकिने कुरा सर्वसाधारणको घर दैलोमै पुगेर सचेत पार्ने कार्य गर्दै आएको आमा समूहका अध्यक्ष जानकी डगौराले बताउनुभयो ।

गर्भवती आमाले गर्भजाँच गराएको नगराएको बारे, गर्भवतीलाई अस्पताल लैजान अघि अपनाउनु पर्ने सावधानी, पोषिलो खानेकुरा खुवाउनु पर्छ भनेर पनि देउसी भैली गीतमार्फत जानकारी दिने कार्य गरिएको उहाँले बताउनुभयो ।