नेपाल चाडपर्व, जात्रा, कला र संस्कृतिमा विश्वमै समृद्ध देश

Posted on: October 31, 2016 | views: 404

काठमाडौं ।

नेपाल चाडपर्व, जात्रा, कला र संस्कृतिका हिसावले विश्वमा निक्कै समृद्ध देश मान्निछ ।
   
नेपालका यी मौलिक कला तथा संस्कृति हेर्नकै लागि विश्वभरबाट पर्यटकहरु नेपाल भ्रमणमा आउने गर्दछन् ।

नेपालका प्रमुख चाड मध्येको दोस्रो ठूलो चाड तिहार नेपालको भिन्न र आफनै मौलिक परम्परा हो ।

तिहारसंगै आम नेपालीले खेल्ने देउसी भैलोले पनि तिहारको महत्व र मौलिकतालाई अझ गहन र सम्वृद्ध बनाउदै लगेको छ ।

पछिल्लो समयमा देउसीभैलोमा प्रयोग गरिने बनीबनाउ  गीत र बाजाहरुले यसको परम्परागत मौलिकतालाई विस्थापीत गर्न सक्ने चिन्ता आम नेपालीमा देखिएको छ ।