एमालेले जीवराज पत्नीलाई ३ तले घर बनाइदियो

Posted on: October 28, 2016 | views: 367

१२ कार्तिक, काठमाडौं ।
एमाले पार्टीका स्वर्गीय नेता जीवराज आश्रित पत्नी माया ज्ञवालीलाई काठमाडौंको चावहिलमा ३ तले पक्की भवन बनाइदिएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

३ जेठ २०५० सालमा एमालेका तत्कालिन महासचिव मदन भण्डारीसँगै चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मायाले ३ दशकदेखि डेराको जीवन ब्यथित गर्दै आएकी थिइन।

एमालेले ज्ञवालीलाई सहिदपत्नीका रुपमा सम्मान गर्दै ५५ लाख रुपैयाँको लगातमा ३ तले भवन बनाइदिएको हो। जसमा पार्टीको पहलमा ४० लाख रुपैयाँ र बाँकी रकम ऋणमा रहेको मायाले बताइन।