२० असार, काठमाडौं ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक बर्ष २०७३/०७४ का लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भूसंरक्षणका लागि सात करोड रुपैंया निकासा गरेको छ ।
भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले भूकम्प प्रभावित ३१ जिल्लामा १६ करोड रुपैंया रकम बराबरको पुनःनिर्माण गरिए पनि आगामी आवलाई सात करोड मात्र निकासा गरिएको जानकारी दिनुभयो ।
प्राधिकरणले गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ लगायत १४ जिल्लामा रकम निकासा गरेको हो ।
आव २०७२/०७३ मा जापान सरकारले दिएको ५०० मेट्रिक टन तारजालीमध्ये ३५० मेट्रिक टन भूकम्प प्रभावित १६ जिल्लामा वितरण गरिएको विभागले जनाएको छ ।