२६ जेठ, धादिङ ।
भूकम्पले क्षति पारेका उत्तरी धादिङको झर्लाङ, लापा, रि गाविस जोड्ने छवटा पुलको मर्मत गरिएको छ ।
दैनिक रुपमा मानिस आवतजावत गर्ने मुख्य मार्गमा रहेका पुल मर्मत गरिएपछि तायातको सुविधा नपुगेको गाउँवासी सदरमुकामसम्म आवतजावत गर्नसक्ने भएका छन् ।
दार्खा र झर्लाङ जोड्ने डुन्डुरेखोला, गजली खोला, सेर्तुङ र झर्लाङ जोड्ने लिस्ने खोला, झर्लाङ र लापा जोड्ने आँखुखोला र डुन्डुरेमूल खोलामाथिका पुलको मर्मत गरिएको हो ।
पुल मर्मतपछि विकटका पाँच गाविसमा सामान ढुवानी गर्न र स्थानीय बासिन्दा तथा पर्यटकलाई आवतजावत गर्न सुविधा पुगेको छ ।