२६ जेठ, डडेल्धुरा ।
डडेल्धुरा सदरमुकाम नजिकै बुधवार साँझ भएको जीप दुर्घटनामा दुई नावालक सहित १३ जना घाईते भएका छन् ।
सदरमुकाम बागबजारबाट भागेश्वरका लागि हिडेको म १ ज १२४ नम्बरको जीप दुर्घटना हुदा १३ जना घाईते भएका हुन् ।
एक नाबालक सहित २ जना घाईतेको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेहरुलाई नेपालगञ्ज रेफर गरिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । अन्य घाईतेहरुको उपक्षेत्रीय अस्पतालमै उपचार भईरहेको छ ।
कच्ची र खराब सडकका कारण दुर्घटना भएको जनाईएको छ । जीपमा जम्मा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।