२० जेठ, मुगु ।
मुगु जिल्लाका बिभिन्न बन क्षेत्रमा पाईने यार्सा संकलन गर्न करान भेगका भोटेहरु घरमा ताला लगाई उच्च हिमाली भेगका पाटन तिर लागे पछि यहाँका भोटे बस्ती सुनसान भएका छन् ।
महत्वपूर्ण बुटीको रुपमा रहेको यार्सा संकलनलाई प्रमुख पेशाको रुपमा लिदै आएका भोटे जातीहरु बाल बच्चा सामान सहिद पाटन हिँडेपछि करान भेगका बिभिन्न १४ ओटा भोटे बस्तीहरु हाल सुनसान भएका हुन् ।