२० जेठ, अछाम ।
अछामको मंगलसैन नगरपालिका वडा नम्बर ४ कैलाशखोलामा ट्याक्टर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ जना पुगेको छ भने ७ जना घाइते भएका छन् ।
मंगलसैनबाट साँफेबजार गैरहेको से १ त ६१६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ९ का ४० बर्षिय एकराज भुलको उपचारको लागि लैजादै गर्दा बाटोमै ज्यान गएको हो भने एक जनाको बयालपाटा अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ६ का करिब १६ बर्षीय सरोज कुँवरको उपचारको क्रममा ज्यान गएको अछामका प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो ।
बेलुकी ५ बजेतिर ट्याक्टर दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको थियो । अन्यका उपचार भैरहेको छ ।