निरञ्जना देवी मन्दिरमा जारी नवाह ज्ञान महायज्ञको समापन भोलि (१५ गते) गरिने

Posted on: March 27, 2021 | views: 416

नुवाकोटको लिखु गाउँपालिका वडा नं. ५  (साविक थानसिंह गाविस वडा नं. ७) बेलासपुरमा अवस्थित निरञ्जना देवी मन्दिरमा फागुपूर्णिमा पर्वको अवसर बनाई चैत ६ गतेदेखि थालिएको नवाह ज्ञान महायज्ञको भोलि चैत १५ गते समापन गरिने पण्डित नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । लिखु गाउँपालिका भित्रकै प्रसिद्ध भगवानको स्थलहरु मध्येको पहिलो नं। मा रहेको निरञ्जनादेवीको मन्दिरमा हरेक वर्षको फागुपूर्णिमा पर्वको अथवा रामनवमी पर्वको अवसरमा लगाइने गरिएको नवाह ज्ञान महायज्ञ यो वर्ष फागुपूर्णिमा पर्वको अवसर बनाई सञ्चालन भैरहेको निरञ्जना देवी भागवत नवाह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक नवराज रोकाले जानकारी दिनुभएको छ । 

आदिमकाल देखि स्थापित तथा नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहको सैनिक फौज सवार रहेको घोडालाई समेत अघि बढ्ने आट नदिएको भनाईसंग मात्र होइन नवाह ज्ञान महायज्ञको समापनको अवसर अर्थात साङ्घेको दिन अनिवार्य रुपमा वर्षात हुने गरेको यर्थाथले पनि निरञ्जना देवी मन्दिरको महिमा निकै उच्च रहेको  निरञ्जना देवी भागवत नवाह ज्ञान महायज्ञ मूल समारोह समितिका सदस्य तथा स्थानीय समाजसेवी जीवन भण्डारीको भनाई छ । 

थानसिंहको बेलसपुरको निरञ्जना देवी मन्दिर मात्र नभई आपपासको क्षेत्र नै पवित्र तिर्थस्थल भएका कारण मन्दिर व्यावस्थापन गर्दै धार्मिक पर्यटक भित्र्याउन सकिने लक्ष्य पूरागर्न स्थानीयबासी सक्रिय रुपमा क्रियाशिल रहेको ‘निरञ्जना देवी भागवत नवाह ज्ञान महायज्ञ मूल समारोह समितिका सल्लाहकार तथा नेपाली काँग्रेस लिखु गाउँकार्यसमितिका संयोजक  बिनोद पाठकले जानकारी दिनुभयो ।