मनाइयो शिवरात्री पर्व

Posted on: March 12, 2021 | views: 670

विदुर । यस वर्षको महाशिवरात्री पर्वको अवसरमा हिन्दुधर्मालम्बीहरुले भगवान श्रीमहादेवको पूजा आरधना गरेर मनाइएको छ । शिवरात्री पर्वको अवसरमा बिहीबार बिहानैदेखि भगवान शिवको पूजा आरधना गर्ने, उहाँको महिमा गाउने तथा गएरातभर धुनि जगाउदै यो वर्षको शिवरात्री पर्व हर्षोल्लास पूर्वक मनाइएको हो । 

भगवान शिवलाई खुसी बनाउन उहाँको जस्तै पहिरन लगाउने, त्यस्तै, बोलि–बचन गर्ने तथा खानेकुरा खाने लगायतका नक्कल गरी शिवरात्री पर्व मनाइरहेका छन् । शिवरात्री पर्वको अबशरमा बिहीबार नुवाकोटको प्रसिद्ध भगवानको स्थलहरु बेलकोटगढीमा रहेको चिण्टेश्वर महादेवको मन्दिर, दुप्चेश्वर महादेव मन्दिर, कपिलेश्वर महादेव मन्दिर, विदुर र ढुङ्गेमा रहेको महादेवको स्थान, रसुवाको गोसाईकुण्ड क्षेत्र लगायतमा स्थानमा भगवान महादेवको स्थानमा बिहानैदेखि रात अबेरसम्म नै मेला लागेको थियो । शिवरात्री पर्वको अबसरमा जिल्लाको विभिन्न स्थानमा भगवान महादेव अर्थात शिवको रथयात्रा समेत निकालिएको थियो भने भगवान शिवको स्थापना गरी कन्याहरुलाई सिगारेर शिवको महिमा यात्रा गरिएको छ ।

शिवरात्री पर्वको अबशरमा बिहीबार दिनभर शिवको पूजापाठ गरिएको छ भने गएराती ठूल्ठूला मुढा बालेर शिव धुनी जगाई जाग्राम बसेर शिवरात्री पर्व मनाइएको छ ।