साढे तीनलाख डोज खोप आइपुग्दै

Posted on: March 06, 2021 | views: 208


विदुर । भोलि आइतबार कोरोना रोगविरुद्धको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले को–भ्याक्स मार्फत भोलि आइतबार साढे तीन लाख थान खोप नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । 

युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप भोलि आउने भएकाले नेपालमा खोपको अभाव नहुने बताउनुभएको छ । यद्यपी खोप अभावको कारण देखाई ५५ वर्ष माथिकालाई खोप लगाउन लागिएको भएपनि हाललाई ६५ वर्ष माथीको उमेर समूहलाई मात्र लगाउन लागिएको छ । 

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै नेपाल आउने भएकाले त्यसपछि मात्रै ५५ वर्ष माथिका उमेर समूह र शिक्षक तथा सार्वजनिक यातायातका चालक सहचालकलाई खोप लगाउने लक्ष्य नेपाल सरकारले बनाएको छ ।