विदुर । नेपालमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो पछिल्लो सात महिना यताकै सबैभन्दा कम सङ्ख्या भएको पाइएको छ ।
आज तीन तीन हजार ५ ३५ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म सङ्क्रमण पुष्टि भएको हो । यो सगै नेपालमा सक्रमितको हालसम्मको सङ्ख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६२ जना निको भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको संख्या नेपालमा दुई लाख ७० हजार आठ सय २८ पुगेको छ ।
नेपालमा ८१७ जना सक्रिय सङ्क्रमित भएर उपचार गराइरहेका छन । पछिल्लो चोविस घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन भने अहिलेसम्म तीन हजार १० जनाको मृत्यु भएको छ ।