काठमाडौ । विवेकशील साझा पार्टीको संचार विभागले विभागीय जिम्मेवारी विस्तार गरेको छ । प्रकाशचन्द्र परियार प्रमुख रहेको संचार, सूचना तथा प्रविधि विभागमा पहिलो चरणमा विभागीय समिति ११ सदस्यमा विस्तार गरिएको हो । परियार प्रमुख रहेको विभागमा हरिशप्रसाद भट्ट उपप्रमुख, शरदराज पाठक पदेन सदस्य, दिपकप्रसाद उप्रेती पदेन सदस्य, त्यसैगरी रोशनी अधिकारी, आशिश जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटुवाल, नरेश भण्डारी र मनन महर्जन सदस्य चयन भएका छन् ।
सदस्यमा चयन हुनुभएका उद्धवराज भेटुवाल नुवाकोटको युवा नेता हुन । उनी लामो सयमदेखि सञ्चारक्षेत्रमा क्रियाशिल व्यक्तित्व र मुलुकको समयसामयिक राजनीतिक घटनाक्रममा जानकार रहेका छन् । न्यूज २४, कान्तिपुर टेलिभिजन लगायतमा काम गरिसक्नुभएका पत्रकार भेटुवाल अहिले हाम्रो डाक्टर डटकम, र तारकेश्वरअनलाईनमा आबद्ध रहेका छन् ।
विवेकशील र साझा पार्टीबीच एकीकरण भएपछि गठन भएको संचार विभागको पहिलो चरणमा विभागीय समिति विस्तार भएको हो ।