३४८ जना नयाँ सक्रमित थपिए, चारजनाले ज्यान गुमाए

Posted on: January 20, 2021 | views: 971

विदुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौविस घण्टामा नेपालमा ३४८ जना नयाँ सक्रमित थपिएका छन् । त्रिशूली प्रयोगशालामा गरिएको जाँचमा एक जना व्यक्तिमा मात्रै नयाँ सक्रमित थपिएको हो ।

धादिङको गल्छी गाउँपालिकाले जाँच गर्न पठाएको २० जनाको नमूना जाँचमा एकजना व्यक्तिमा मात्र कोरोना देखिएको त्रिशूली अस्पतालको प्रयोगशालाले जनाएको छ । त्रिशूली अस्पतालमा जाँच गर्न आएका १३ जना बिरामी र तारेकश्वर गाउँपालिको जाँच गर्न पठाएको दुई जनाको नमूना परीक्षणमा रोग नभएको नतिजा आएको हो । 

यसैबीच, नेपालमा अहिलेसम्म कोरोनाबाट सक्रमति हुनेको सङ्ख्या २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् भने अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा उपचार गराउदै आएका चार जना व्यक्तिको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ९६९ जना पुगेको छ ।